काठमाण्डु, ११ असोज– आज शुक्रबार बसेको न्यायपरिषदले बैठकले उच्च अदालतका १४ जना न्यायाधीशकोहरुको सरुवा गरेको छ । शुक्रबारको परिषदको बैठकले अरु थप २ जनालाई विभिन्न न्यायाधीकरणको जिम्मेवारी समेत दिएको छ ।
आजको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन ।