सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

काठमाण्डु टुडे २०८१ असोज ११ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, ११ असोज– आज शुक्रबार बसेको न्यायपरिषदको बैठकले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन ।

६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा रहेने छन । निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् ।

उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए । सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us