ओलीद्वारा पाकिस्तान, लाओस र कतारका प्रधानमन्त्रीसंग भेट

काठमाण्डु टुडे २०८१ असोज १० गते २३:२९ मा प्रकाशित

न्यूयोर्क, १० असोज- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका दौरान अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली राजनीतिक भेटघाटमा व्यस्त छन् ।                                                              ओलीले बिहीबार पाकिस्तानी प्रधानमन्त्री सेहबेज सरिफ, जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोन, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीबीच द्विपक्षीय भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले चिनिया विदेशमन्त्री वाङ वीकोसंग पनि भेटेका छन् । यसअघि ओलीले ७ असोजमा भारतीय समकक्षी नरेन्द्र मोदीसंग भेटेका थिए । त्यस क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए । तर, मोदीले ओलीलाई भारत भ्रमणको निम्ता दिएनन् । ४ असोजमा न्यूयोर्क प्रस्थान गरेका ओली १४ असोजमा स्वदेश फर्कंदै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us