काठमाण्डु, २६ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा प्रतिष्ठान बन्ने बताएका छन ।
आज (बुधबार) एमाले मुख्यालय च्यासलमा आयोजित पहिलो स्मृति सभामा बोल्दै अध्यक्ष ओली यस्तो बताएका हुन । अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले प्रतिष्ठान स्थापना गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘सुवास नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो, ‘उहाँको निधनबाट परिवार हाम्रो पार्टीलाई असाधरण क्षति पुगेको छ नै, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।’ अध्यक्ष ओलीले प्रतिष्ठान मार्फत् नेम्वाङको योगदानमाथि विमर्श गरिने पनि बताएका छन ।