च्यासलमा सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा हुँदै

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसमा पार्टीले स्मृति सभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो स्मृति सभा गर्न लागीएको एमालेले जनाएको छ ।

स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने अन्य शीर्ष नेताले पनि सहभागी हुने सचिवालयले जानकारी दिएको छ ।

नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए । गत भदौ २६ गते नेम्वाङको हृद्यघातका कारण मृत्यु भएको थियो ।

राति हृदयाघात भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us