काठमाण्डु, २२ भदौ– सिन्धुलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बाग्मती गाउँपालिका–४ बस्ने २२ वर्षीय प्रविन बजु रहेको प्रहरीले जानकारी दिएको छ ।
हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरस्थित सडकमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा बजुको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मकवानपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।