४०/५० करोडभन्दा माथिको भ्रष्टाचारमा ठुला दलहरूबिच राष्ट्रिय सहमति हुन्छः महासचिव भुसाल

काठमाण्डु टुडे २०८१ भदौ २२ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ४० करोडभन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको गरेको आरोप लगाएका छन । आज शनिबार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन ।

उनले ठुला भ्रष्टाचारहरू एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूको संलग्नता बिना नहुने पनि बताएका छन । उनले ठुला दलहरूका बिचमा राष्ट्रिय सहमति गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताएका छन । उनले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने पनि बताए ।

उनले भने, र दुर्भाग्य के छ भने अहिले हरेक जसो पार्टी, ठ्याक्कै थाहा छैन मलाई ४०र५० करोडभन्दा ठुला कुनै पनि भ्रष्टाचारका मुद्दाहरूमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ काँग्रेस पनि हुन्छ । माओवादी पनि हुन्छ । एमाले पनि हुन्छ । मेरै पार्टी पनि होला । त्यो नभई कन अगाडी बढ्दै बढ्दैन । ठुलाहरूका बिचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन् ।

राजनीति पनि सक्छन् । र मुलुक पनि सकिराखेका छन् । त्यसो गर्दा हामी यहाँबाट मुक्त भएपछि बल्ल समाजवादतिर जान सकिएला भन्ने लाग्छ मलाई । यो कुरा निराशापूर्ण पनि सुनिन सक्छ । तर जतिसुकै निराशापूर्ण भए पनि तथ्य यही हो भन्ने लाग्छ ।’ उनले सरकारले दृढ सङ्कल्प लिन सकेमा र सोही अनुसारको काम गर्न सकेमा ५ वर्षमा कृषि उपजमा आत्मनिर्भर हुन सकिने बताएका छन । त्यस्तै १२ वर्षमा गरिबी र बेरोजगारीलाई हटाउन सकिने उनले बताएका छन ।

उनले भने, ‘… यसरी २५ वर्ष जतिमा जाँदाखेरी हामी मूलभूत रूपमा अलि समानतापूर्ण, अलि समानतापूर्ण अलि राष्ट्रिय जीवनमा । अहिलेको त राष्ट्रिय जीवन नै छैन भन्छु मैले । राष्ट्रिय जीवन नै बनेको छैन । हामी १०र१२ वर्षमा पुग्दा खेरी त्यस्तो राष्ट्रिय जीवन भएको मुलुकमा पुग्न सक्छौँ । त्यसपछि अरू ५० वर्ष जति मेरो जिन्दगीमा मैले देख्दिनँ ।

सामान्यतया अब यो समाजवादी भयो है भन्ने बेलासम्म मेरो जिन्दगीमा मैले चाहिँ देख्दिनँ । त्यसमा एउटा मात्रै समस्या छ, आजैदेखि १५ वर्षमा हुन्छ रु हुँदैन । त्यो काम गर्नका लागि गर्ने कर्ता चाहिन्छ । पात्र चाहिन्छ । त्यो पात्र भनेको राजनीतिक पार्टी हो । त्यस्तो राजनीतिक पार्टी जो दलाल पुँजीवादबाट मूलभूत रूपमा मुक्त छ ।

मूलभूत रूपले दलाल पुँजीवादबाट मुक्त भएको त्यस्तो नेता होस् । त्यस्तो पार्टी होस् । त्यस्तो पार्टी होस् जसले, घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म यो होल कुरा, कृषिमा आत्मनिर्भर पनि भइँदैन । कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरू जन्मिँदैनन् । भ्रष्टहरू पालित, पोषित हुँदैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us