धनगढीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २२ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन ।

तालमा डुबेका उनको शव निकालिएको पनि उनले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us