पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डु टुडे २०८१ भदौ २२ गते ९:१८ मा प्रकाशित

चितवन, २२ भदौ– सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सुचारु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै शनिबार बिहान साढे ७ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै दुई तर्फी यातायात सुञ्चालनमा आएको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us