नवलपरासीमा मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २२ गते ८:३४ मा प्रकाशित

 

काठमाडु,२२ भदौ- मोटरसाइकल र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं को मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकल शुक्रबार राती ठक्कर दिएको हो ।

दुर्घटनाबाट घाइते दुबै चालकलाइ उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएको थियो । उपचारका क्रममा आज बिहानसाइकल यात्रीको मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट नवलपरासी बर्दघाट नगरपालिका-१ नारायणचोकका ४७ वर्षीय सुरेश चौधरीको मृत्यु भएको छ । मृतक चौधरीको शव मीम अस्पताल भैरहवामा राखिएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक नवलपरासीको प्रतापपुर गाउँपालिका ९२ गोपीगंजका १७ वर्षर्षीय किशोर रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us