फिस्लिङमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८१ भदौ २२ गते ८:१५ मा प्रकाशित

चितवन, २२ भदौ– चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार बिहान साढे ७ बजेतिर सुख्खा पहिरो खसेको चितवन प्रहरीले जनाएको छ ।

पहिरोका कारण दुईतर्फी नै यातायातका साधन रोकिएका छन् । चितवन प्रहरीका डिएसपी भेषराज रिजालले अवरोध पन्छाएर यातायात सुचारु गर्ने तयारी भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us