बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– बागलुङको बान्द्रे खोला बाढीले बढाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ ।

बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव घटनास्थलभन्दा ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिएका छन ।

बिहीबार राती कुँडुलेदेखि मालिका जाँदै गरेको ध -२ प ८०१० नम्बरको मोटरसाइकल र ध-१ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरु बगेका थिए ।

मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्दार गरी धौलागिरि अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका छन ।

तीनै जनाको शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल लगिएको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us