८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २० गते १७:१३ मा प्रकाशित

काठमाण्डु, २० भदौ– प्रहरीले भक्तपुरमा ८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डु शंकरापुर नगरपालिका–१ गागलफेदी घर भई भक्तपुर नगरपालिका–६ नगरकोट बेसीटोल बस्ने २९ वर्षीय निरोज लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरी प्रभाग खरीपाटीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो ।

लामाविरूद्ध बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us