काठमाण्डु, २० भदौ– प्रहरीले भारतबाट लुकाइ छिपाइ स्रोत नखुलेको ४ लाख रुपैयाँ नगद ल्याउने एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार बिहान रौतहटको गौर नगरपालिका–१ स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट टोलीले चेकजाँचका क्रममा भारत सितामढीका १८ वर्षीय सत्यम भन्ने अनिकेत राजलाई सो रकमसहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
भारतबाट गौर बजारतर्फ पैदलै आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्दा दाहिने र देब्रे खुट्टामा लगाएको जुताभित्र ३ लाख रुपैयाँ बरामद गरीएको प्रहरीले जानकारी दिएको ।
यस्तै दाहिने र देब्रे खुट्टामा ईलाष्टिकले बाँधेर लुकाएको अवस्थामा थप १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।