वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक छ: सापकोटा

काठमाण्डु टुडे २०८१ भदौ २० गते १५:३३ मा प्रकाशित

काठमाण्डु, २० भदौ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन ।

आज बिहीबार काठमाण्डुमा नेपालमा समाजवादस् चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्दै माओवादी केन्द्रका प्रवक्ता समेत रहेका सपकोटाले यस्तो बताएका हुन ।

उपाध्यक्ष सापकोटाले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन जरुरी भएको बताएका छन । उनले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकताबद्ध अघि बढ्न आवश्यक रहेको पनि बताएका छन । उनले नेपाल नेपालीहरूको भएकाले नेपालीहरूले नै चलाउनुपर्ने बताएका छन ।

उनले भने, ‘ हामीले फेरि एक पटक वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्ने आवश्यक छ । हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ ।

नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षको हैसियतले जोडदार रूपमा के अपिल गर्दछु भने राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us