सुन्दरीजलमा एक युवतीको शव भेटियो

काठमाण्डु टुडे २०८१ भदौ २० गते १५:१८ मा प्रकाशित

काठमाण्डु, २० भदौ– सुन्दरीजलमा एक युवतीको शव फेला परेको छ । सुन्दरीजलको खोला किनारको चेपमा एक शव फेला परेको प्रहरीले जनाएको छ ।

शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन ।

शव रहेको भन्ने जानकारी आएपछि हाम्रो टोली घटनास्थल गगएको छ । अहिलेसम्म शवको पहिचान पनि भएको छैन। घटनास्थल मुचुल्का गरेर शव उठाउने तयारी हुँदैछ,’ एसपी अधिकारीले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us