काठमाण्डु, २० भदौ– कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको दाबी गरेका छन । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता डा.भण्डारीले यस्तो बताएका हुन ।
उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको पनि बताएका छन । उनले युवाहरु विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने पनि बताएका छन ।
युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्ने पनि उनले बताए । कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सहभागी हुन उनी पाल्पा आएको हो ।
मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताएका छन । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन ।