कास्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १९ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ बिरौटास्थित सडकमा ग.१५ प ३२१ नम्बरको मोटरसाइकल गए राती दुर्घटना हुँदा चालक पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने पर्वत कुश्मा नगरपालिका–१४ आर्थर घर भएका २० वर्षीय विश्वास विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us