काठमाण्डु, १९ भदौ– सङ्खुवासभामा ट्याक्टरले किचेर ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुर नगरपालिका–२ का १९ वर्षीय लिला बहादुर तामाङ रहेका छन ।
चैनपुर नगरपालिक–२ ताङ्लेवास्थित सडकमा सिद्धपोखरीबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १७६३ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार सोही तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ट्याक्टरबाट लडेर सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।