रुसी सेनामा रहेका नेपाली फर्काउन पहल गर्छु: रुसका लागि प्रस्तावित राजदूत चौहान

काठमाण्डु टुडे २०८१ भदौ १९ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– रुसका लागि प्रस्तावित नेपाली राजदूत जंगबहादुर चौहानले रुसी सेनामा रहेका नेपालीहरुलाई फर्काउन पहल गर्ने बताएका छन । आज बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत चौहानले यस्तो बताएका हुन ।

उनले अहिलेसम्म ४७ जनाको मृत्यु भएको र थुप्रै नेपाली सम्पर्कविहीन रहेको पनि बताएका छन । रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको भन्दै उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले (रुसी) राष्ट्रपति पुटिनसँग भेट गर्दा पनि सबै भारतीय फर्किन सकेको छैनन् ।’

रुसी सेनामा भर्ना भएकाहरुलाई नेपाल फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै आफू राजदूत भएर गएमा अझ तीव्रताका साथ काम गर्ने उनले बताएका छन । प्रस्तावित राजदूत चौहानले भने, ‘रुसी भाषाको ज्ञाका कारण सहज हुन्छ कि भन्ने अपक्षा राखेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us