एमाले पोलिटब्यूरो सदस्यलाई बैठकमा बोल्न ३ मिनेटको समय

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १८:५९ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– एमालेको पोलिटब्यूरो बैठकमा सबै नेतालाई आफ्नो कुरा राख्न ३ मिनेटको समय उपलब्ध गराएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सम्बोधन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि सबै पोलिटब्यूरो सदस्यलाई समय दिइएको हो । पार्टी सचिव योगेश भट्टराईले भने, ‘सबैले आफ्नो कुरा राख्न पाउँछन् ।

तर ३ मिनेटको समय दिइएको छ’ । ३ मिनेटको समयभित्र नछुटेको विषय लिखित रुपमा राख्न नेताहरुलाई भनिएको उनले जानकारी दिएका छन ।

पोलिटब्यूरोका सबै नेताले आफ्नो कुरा राखेपछि महासचिव पोखरेलले कार्य योजनामाथि जवाफ दिनेछन् । यसपछि अध्यक्ष ओलीले सम्बोधन गरेर पोलिटब्यूरो बैठक सक्ने योजना रहेको छ ।

प्रदेश अध्यक्षहरुलाई पदेन पोलिटब्यूरोको हैसियतबाट केन्द्रीय समितिको पदेन बनाइएपछि अब एमालेको पोलिटब्यूरोमा ९१ जना छन् । त्यसमध्ये १८ जना पदाधिकारी र २२ जना स्थायी समिति सदस्य रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us