प्रचण्डलाई कांग्रेस सांसदको प्रश्नः मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन ।

आज मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति व्यक्त गरेका हुन । सांसद ढुंगानाले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताएका छन ।

उनले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत नहुने बताएका छन । उनले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताएका छन ।

उनले अहिलेको गठबन्धन रातमा कहाँ गर्‍यो रु भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष प्रचण्डलाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गरेका छन । उनले भने, ‘हामीले गठबन्धन गर्दा रातमा कहाँ गर्‍यो रे ?

१२ बजे कहाँ पुग्यो रे । ए मार्सी चामलको भात बिर्सिनु भयो ? मार्सी चामलको खाएको भात बिर्सिनु भयो तपाईँहरूले ? त्यसैले कसैले गाली गर्दा आफ्नो अनुहार पनि ऐनामा हेर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us