सांसद मोदीको माग– प्रचण्ड राम जस्तै शान्तिको जनक हो‚ नोबेल पुरस्कार दिनुपर्छ

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गरेका छन ।

आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले प्रचण्ड नेपालको लोकतान्त्रिक गणतन्त्र‚ समावेशी समानुपातिक व्यवस्थाका लागि भगवान् रामजस्तै लडेकाले राम सरह जनक भनिनुपर्ने पनि माग गरेका हुन ।

उनले भने, ‘प्रचण्ड नागरिकको पक्षमा समावेशी, लोकतन्त्र र समानुपातिक व्यवस्थाका लागि लड्नुभयो । राम जस्तै उहाँलाई जनक भनिनु पर्छ, ‘शान्तिको अथक प्रयास गर्नुभएकाले नोबेल पुरस्कार दिनुपर्छ ।’

उनले एमालेले माओवादी जनयुद्धलाई हिंसा भनेकोमा आपत्ति जनाए । साथै यो देशमा एकीकरणको समय पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा धेरै मानिस मरेको भन्दै उनले त्यो हत्या हो कि होइन जवाफ दिनुपर्ने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us