सञ्चारमन्त्रीलाई जिब्रोमा ब्रेक लगाउन खतिवडाको सुझाव

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १७:०७ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो सुझव दिएका हुन । उनले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति पनि बताए ।

‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो । मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्‚’ उनले भने । सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ भन्ने सांसद दीपक मनाङेको अभिव्यक्तिमा पनि आपत्ति जनाएका छन ।

उनले भने‚‘गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ पैसामा बिक्री गर्न सुरुवात गरेको हो ? यसबारे सरकारले जानकारी देओस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us