काठमाण्डु, १८ भदौ– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाह बालेनले गरेको निर्णयमा उपमेयर सुनिता डंगोलले विरोध जनाएकी छन् ।
आज मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको भन्दै उपमेयर डंगोलले विरोध जनाएकी हुन ।
यो निर्णयले महानगरका जनता आतंकित र त्रसित भएको उनले बताइन् । उनले यो निर्णय पुनर्विचार गरिनुपर्ने भन्दै पर्याप्त छलफलबिनै भएको निर्णयको स्वामित्व लिनुपर्छ भन्ने नरहेको बताइन् ।
प्रमुखस्तरीय निर्णयअनुसार यसबारे सूचना प्रकाशित भएको पाइएको भन्दै सुनिताले भनिन्, ‘यो सबैको निर्णय हो कि होइन ? यस्तो संवेदनशील विषयमा पर्याप्त छलफल भएन ।
यो राम्रो पद्धति होइन । ’उनले अदालतले गरेका निर्णय सधैँ जनताको हितमा हुन्छ भन्ने नहुने भन्दै यसबारे पुनरावलोकनमा जानेलगायतका विषयमा महानगरमा छलफल नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेकी छन । यो विषयमा बैठकमा अन्य जनप्रतिनिधिले पनि प्रश्न गरेका थिए ।