प्रत्यारोपण केन्द्रलाई जग्गा दिन राजेन्द्र लिङ्देनको आग्रह

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका लिङ्देनले यस्तो बताएका हुन ।

उनले प्रत्यारोपण केन्द्रले निकै राम्रो काम गरिरहेको पनि बताएका छन । सरकारले जग्गा उपलब्ध गराउने हो भने ६ महिनामा ३०० बेडको संरचना बनाउने र अहिले दिइराखेको सेवामा उल्लेख्य वृद्धि हुने केन्द्रको दाबी रहेको उनले बताएका छन ।

त्यही नजिकै जग्गा छ भक्तपुर इँटा टायल कारखानाको जग्गा समेत रहेको लिङ्देनले बताएका छन । उनले भने, ‘यो संवेदना सबभन्दा बढी प्रधानमन्त्रीमा हुनुपर्छ ।

किनकी उहाँ अंग प्रत्यारोपण गरेको व्यक्ति हुनुहुन्छ । अरुको संवेदनालाई बुझेर कुनै तर्क नगरी प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन आग्रह गर्दैछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us