प्रहरीका ५ सय ८७ इन्स्पेक्टरको सरुवा

काठमाण्डु टुडे २०८१ भदौ १८ गते ७:२१ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकैपटक सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको १७ भदौको निर्णयअनुसार प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।

प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै सरुवाबारे जानकारी गराएको छ ।

सरुवा भएका प्रहरी निरीक्षकहरुले हाल सरुवा भएकै कार्यालयबाट तलब भत्ता पाउने सूचनामा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us