सूर्य थापा नेतृत्वको सहकारीको रकम अपचलन छानबिन समितिको म्याद थप हुने

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १९:५६ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– सहकारीको रकम अपचलन छानबिन गर्न प्रतिनिधिसभाद्वारा गठित संसदीय समितिको म्याद थप हुने भएको छ ।

सभामुख देउवराज घिमिरेले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा म्याद थपसम्बन्धी प्रस्ताव कार्यसूचीमा राख्न संसद सचिवालयका अधिकारीलाई निर्देशन दिएका छन् ।
सहकारीको अपचलन छानबिन गर्न गठित समितिका सभापति एमाले सांसद सूर्यबहादुर थापाले सभामुख घिमिरेलाई भेटेर म्याद थपका लागि आग्रह गरेपछि उक्त विषय कार्यसूचीमा राखिएको हो । संसद सविचवालय श्रोतका अुनसार म्याद थपसम्बन्धी प्रस्ताव सम्भावित कार्यसूचीमा राखेको छ । राजनीतिक दलहरुबीच समितिको म्याद १५ दिन थप्ने सहमति भइसकेको बताइएको छ ।

तत्कालीन प्रमख प्रतिपक्षी काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वसाधारण बचतकर्ताले सहकारीमा बचत गरेको रकम अपचलन गरी गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा लगानी गरेकाले छानबिन समिति गठनको माग गर्दै भन्दै तीन महिना लगातार संसद् अवरुद्ध गरेको थियो ।

काँग्रेसले बजेट नै रोक्ने चेतावनी दिएपछि तत्कालनि अर्थमन्त्री वर्षमान वुनले बजेट प्रस्तुत गर्नुअघि थापा सभापति रहने गरी समिति गठन गरिएको थियो । समितिले २२ जेठमा काम थालेको थियो । आगामी २२ भदौमा समितिको तीन महिने समयसीमा सकिँदैछ ।

समितिले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित सहकारीको रकम अपचलनमा संलग्न भनिएका दर्जनौं व्यक्तिसँग सोधपुछ गरिसकेको छ । लामिछानेसँग समितिले ९ घण्टाभन्दा बढी समय सोधपुछ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us