काठमाण्डु, १७ भदौ– इजरायलका लागि राजदूत लागि सिफारिस भएका धनप्रसाद पण्डितले प्यालेस्टाइनलाई बाँच्न दिनुपर्ने बताएका छन् ।
संसदीय सुनुवाइका क्रममा सोमबार कार्ययोजना प्रस्तुतिका कक्रममा पण्डितले इजरायलले लडाईं अन्त्य गर्नुपर्ने बताए । उनले आफू राजदूत भएर गएपछि युद्ध बन्द गर्न र प्यालेष्टाइनलाई पनि बाँच्न दिन इजरायली नेताहरुलाई आग्रह गर्ने स्पष्ट गरे ।
संस्कृतमा श्लोक बाचन गर्दै उनले पूर्वीय दर्शन, चाणक्य नीति र कृष्णको नीतिका आधारमा आफूले काम गर्ने बताए ।
फरक प्रसंगमा पण्डितले इजरायलले नेपाली सेनालाई दिँदै आएको प्याराजम्पिङको तालिम रोकिएको उल्लेख गर्दै त्यसको निरन्तरताका लागि काम गर्ने प्रतिबद्धता जनाए ।