गण्डकीका मुख्यमन्त्रीले बुझे दीपक मनाङेको राजीनामा पत्र

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका छन ।

मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका अधिकारीले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । आफ्नो मन्त्रालय फेरिएपछि असन्तुष्ट जनाउँदै उनले राजिनामा दिएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us