च्यासल पुलबाट बागमतीमा हामफालेकी युवतीको खोजी जारी

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलमाथिबाट हामफालेकी एक युवती अझै बेपत्तम छन । आज आइतबार साँझ ७ बजेतिर एक युवती बागमतीमा हामफालेकी थिइन् ।

हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी खोजीमा जुटेको थियो । ती युवती हामफालेका पुलमुनि अन्जली शर्मा, घर रुकम मुसिकोट लेखिएको नोटसहतिको झोला र मोबाइल पनि फेला परेको थियो ।

भेटिएका कागजपत्र तथा मोबाइल हामफाल्ने युवतीकै हो वा अन्य युवतीको हो भन्ने यकिन भइसकेको छैन । ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले हामफालेकी युवतीको अझै खोजी जारी राखे पनि अवस्था पत्ता लाग्न नसकेको जानमारी दिएका छन ।

युवतीको खोजीका लागि सशस्त्र प्रहरीको नं.२१ गणबाट इन्स्पेक्टरको कमाण्डमा १३ जना र नं. २ विपद् उद्धार गणबाट असईको कमाण्डमा ४ जना गोताखोर सहित ९ जनाको टोली परिचालन गरिएको सशस्त्र सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानमारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us