झाडापखालाबाट आमाछोरीसहित चारको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १२:१५ मा प्रकाशित

 बाँके, १७ भदौ- बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी तथा १० वर्षीय युसुफ अलीको मृत्यु भएको हो ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । औषधिसहितको स्वास्थ्यकर्मी टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको उनले बताए ।

दूषित पिउने पानीका कारण झाडापखाला फैलिएको नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us