बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर पोष्ट गर्दै ओलीले दिए कुशे औंसीको शुभकामना

काठमाण्डु टुडे २०८१ भदौ १७ गते ८:३८ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– प्रधानमन्त्री केपी ओलीले कुशे औंसीको शुभकामना दिएका छन् ।

बुबा मोहनप्रसाद ओलीलाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै ओलीले शुभकामना दिएका हुन् ।

ओलीले संस्कृतिले पिताजीलाई पालनकर्ता, ज्ञानदाता र संरक्षकका रुपमा सम्मान गर्ने भन्दै सबै पिताजीहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

‘आज बुबाको मुख हेर्ने दिन, पिताजीलाई हाम्रो संस्कृतिले पालनकर्ता, ज्ञानदाता र संरक्षकका रूपमा सम्मान गर्छ । सम्पूर्ण पिताजीहरुलाई नमन, सुस्वास्थ्य र दीर्घायुको कामना१ यस दिनलाई कुशे औंसीका रूपमा पनि मनाइन्छ । कुशे औंसीको सबैलाई शुभकामना’, ओलीले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us