चितवनमा डेंगी संक्रमणबाट एकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १७ गते ८:०० मा प्रकाशित

चितवन, १७ भदौ– चितवनमा डेंगी संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालयका अधिकृत विमल पटेलका अनुसार मृतक शुक्रबार अस्पताल भर्ना भएका थिए ।

चितवनमा हालसम्म ७ सय २७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us