कर्णालीका मुख्यमन्त्री कँडेल सवार हेलिकप्टर आकस्मिक अवतरण

काठमाण्डु टुडे २०८१ भदौ १६ गते २०:५३ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर आकस्मिक अवतरण गरेको छ ।

डोल्पाबाट सुर्खेतका लागि उडेको मुख्यमन्त्री सवार सिम्रिक एयरको ९–एन एकेडी कलसाइनको हेलिकप्टर खराब मौसमका कारण रुकुमको आठबिसकोट नगरपालिका–९ राडीमा गरिएको हो ।

सिम्रिक एयरका कर्णाली प्रदेश इञ्चार्ज कमल गौतमले मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर आकस्मिक अवतरण गरेको पुष्टि गरे । उनका अनुसार हेलिकोप्टरमा कँडेलसहित चार जना सवार थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us