प्रस्तावित राजदूत शर्माको आरोपः आन्तरिक हस्तक्षेपका लागि भारतलाई नेताहरुले आफै गुहार्छन्

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १८:२० मा प्रकाशित

काठमाण्डु, १६ भदौ– भारतका लागि राजदूत भइसकेका र फेरि राजदूतमा प्रस्तावित डा. शंकरप्रसाद शर्माले नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका लागि नेपालका नेताहरु आफैले भारतलाई आमन्त्रण गर्ने गरेको बताएका छन ।

फेरि भारतको राजदूतका लागि आज आइतबार संसदीय सुनुवाइ समिति पुगेका शर्माले यस्तो बताएका हुन । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भारतले भन्दा पनि नेपाली नेताहरुकै चाहनाले भएको उनले बताएका छन ।

उनले हालसालै भारतका विदेशमन्त्री एस जयशंकरले छिमेकी राष्ट्रहरुको सन्दर्भमा दिएको एक अन्तर्वाताको सन्दर्भ उल्लेख यस्तो बताएका हुन् । अन्तर्वाताको क्रममा भारतका विदेशमन्त्रीले छिमेकीहरुसँगको सम्बन्धमा केही न केही समस्या रहेको बताएको शर्माले उल्लेख गरेका हुन ।

उनले भने, ‘म भारतबाट आए पनि फेरि भारत जानला’को हुनाले यसो इन्डियन न्युज पेपर र युट्युब हेरिरहन्छु। हिजो छाडी अस्ती नेबरिङ कन्ट्रीहरुको विषयमा भारतको परराष्ट्रमन्त्री जयशंकरसँग इन्टरभ्यु भइरा’थ्यो र उहाँले भन्नुभा’थ्यो– छिमेकीहरुसँग सप्पैसँग हाम्रो सम्बन्ध केही न केही कम्प्लेक्सिटी छ।’

सुनुवाइको क्रममा प्रस्तावित राजदूत शर्माले भारतीय विदेशमन्त्री जयशंकरले छिमेकी देशहरुले नै हस्तक्षेपको लागि निम्तो दिने संकेत गरेको बताए। शर्माले थपे, ‘उहाँले त्यो इन्टरभ्यूमा के भन्नुभा’छ भने कम्पेलेक्सिटी हुन्छ नेबरिङ कन्ट्रीमा ।

कुन देशमा, कुन एरियामा कम्प्लेक्सिटी छैनरु र उहाँले यो कुरा पनि गर्नुभो– हामीलाई इन्टरफेयर गर्‍यो भनेर भन्छन् नेबरिङ कन्ट्रीमा । तर, कति त त्यहाँको डिमान्ड पनि त हुनसक्लारु भनेर उहाँले डिप्लोम्याटिकली त्यहाँको पोलिटिसियनहरुलाई त्यस्तो डिमान्ड पनि गरेका हुन् कि भनेजस्तो संकेत चाहिँ उहाँले दिनभा छ।’

उनले यो कुरा आफूले थाहा पाएर नभई भारतीय विदेशमन्त्रीलाई उद्धृत गरेर भनेको पनि बताएका छन । नेपालका राजनीतिक पार्टी र सिस्टमभित्र पनि हस्तक्षेपका लागि भारतलाई आफै निम्तो दिइरहेका छौँ कि भन्ने प्रश्न रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us