भद्रकालीमा सहकारी पीडितमाथि लाठी प्रहार

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १७:१० मा प्रकाशित

काठमाण्डु, १६ भदौ– काठमाण्डुको भद्रकालीमा प्रहरीले सहकारी पीडितमाथि लाठी प्रहार गरे्को छ । विभिन्न सहकारी संस्थाबाट वचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शनमाथि सरकारले अवरोध गरेको छ ।

रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको हो । लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन् ।

वचत फिर्ताका लागि सरकारलाई दबाब दिन सिमसिम झरीका बीच प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी प्रहार गरेको हो । सिंहदरबारतिर आउन नदिएपछि सहकारी पीडितहरु शहीदगेटतर्फ मोडिएका छन् । उनीहरु त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरसम्म पुग्ने तयारीमा रहेका छन ।

उनीहरूले मेरो छोराछोरी पढ्ने पैसा सहकारीमा छ, सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्‍यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेरजस्ता नारा लेखेको ब्यानर बोकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us