सडकमा उत्रिए सहकारी पीडित

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १६:२० मा प्रकाशित

काठमाण्डु, १६ भदौ– विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन । आज आइतबार उनीहरू राजधानीको सडकमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन ।

शान्तिवाटिकामा भेला भएर उनीहरू सिंहदरबार प्रवेश गर्ने भन्दै प्रदर्शन गरेका हुन । सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने तथा बचतकर्ताहरूको रकम सुनिश्चित गर्नुपर्ने उनीहरूले माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us