प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित भएको छ । काठमाण्डु–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमानस्थलका कारण पोखराबाट लागि २ उडानमात्रै भएका छन् भने काठमाण्डुबाट पोखराको उडान हुनसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us