काठमाण्डु, १६ भदौ– चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ की ५० बर्षीया सरस्वती महतो रहेकी छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका–१ शिकारीपुरमा चट्याङ लागेर महतोको मृत्यु भएको हो । गोठमा भैंसीलाई कुडो खुवाउन गएका बेला उनलाई चट्याङ लागेको थियो ।
महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको प्रहरीले जानकारी दिएको छ ।