रोजगारीको प्रलोभन देखाएर सामूहिक बलात्कार गरेको आरोपमा २ कर्मचारी सहित ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारी सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरीसहित वडा नम्बर ३ का बन्टी भन्ने शैलेश पाण्डे रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठोरले जानकारी दिएका छन ।

घटना गत भदौ ५ गतेकै भएपनि शनिवार मात्रै प्रहरीमा उजुरी आएसँगै पक्राउ गरिएको राठोरले जानकारी दिए । उनले पक्राउ परेका तीनै जनालाई म्याद थप गर्न अदालत लैजाँदै गरेको जानकारी दिएका छन ।

पीडितलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप रहेको छ । उनीहरूले पीडितलाई रोजगारीको तालिम दिने भन्दै एक होटेलमा बोलाएर सामूहिक करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us