मिटरब्याज पीडितहरूका समस्या चाँडो समाधान गरौँ: सांसद गैरे

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– एमाले नेता एवं सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको भन्दै आपति जनाएका छन । आज आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले पीडितहरूको कुरा प्रतिनिधि सभाको बैठकमा उठेको भएपनि अहिलेसम्म समाधान हुन नसकेको पनि बताएका छन । उनले भने, ‘प्रतिनिधिसभामा मिटर ब्याज पीडितहरूका समस्याहरूको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, अन्तर्क्रिया, त्यसका लागि थुप्रै समितिहरू निर्माण देखि लिएर एउटा प्रक्रियामा गयौँ, तर पनि समस्या विभिन्न रूपले यथावत् छ ।’

साथै उनले मिटर ब्याजपीडितहरूको समस्या चाँडो समाधान गर्नुपर्ने पनि बताएका छन । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यकता भएको पनि बताएका छन ।

यस्तै उनले बैङ्किङ कसुरमा कारबाहीमा परेका व्यक्तिहरूले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘चेक अनादर हुँदा अर्थात बैङ्किङ कसुर सम्बन्धि घटना भैइसके पछित्यो अवस्थामा एउटा व्यक्तिको चेक अनादर भयो अर्थात बैङ्किङ कसुर प्रक्रियामा गयो अर्थात पुष्टि भयो भने त्यसपछि पनि ती व्यक्तिहरूले अर्को बैंकबाट र अरू ठाउँबाट ऋण लिन पाइराख्ने त्यसको चाहिँ कारोबार गर्न पाइराख्ने अहिलेको विद्यमान जुनस्थिति छ त्यसमा हामीले टाइट गर्नुपर्‍यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us