माछा मार्नेबेला खोलाले बगाउँदा एक युवा बेपत्ता

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १३:१८ मा प्रकाशित

गुल्मी, १६ भदौ– गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका–८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।

कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

उनको खोजी कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीवल ३७ नम्बर गुल्म गुल्मीबाट विपद् उद्धार टोली परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us