काठमाण्डु, १६ भदौ– डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको संसदीय सुनुवाइ सुरु भएको छ ।
आज आइतबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेर सकेपछि डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु भएको स्रोतले जानकारी दिएको छ ।