६ जिल्लामा फैलियो हैजा

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– हाल देशभरका ७७ मध्य ६ जिल्लामा हैजा रोग फैलिएको छ । पछिल्लो पटक रोल्पाका ४ जनालाई हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जानकारी दिएको छ ।

साउन ४ यता देशभर ७५ जनामा हैजा पुष्टि भएकोमा ७४ जना निको भइसकेका छन् भने एक जना अस्पताल भर्ना भइ उपचाररत रहेको पनि ईडीसीडीले जनाएको छ । देशभर पुष्टि भएको हैजा सङ्क्रमितमध्ये रोल्पाका ४ जना बाहेक ५० जना ललितपुरका छन् ।

यस्तै, काठमाण्डुका १० जना, कैलालीका ८ जना छन् । यस्तै, मकवानपुरमा १ जनालाई सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । दूषित पानी तथा खानेकुरा सेवनले हैजा सङ्क्रमण हुन्छ । पिउने पानी र उपभोग्य वस्तुको शुद्धतामा ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us