धनगढी,१६ भदौ- दुर्घटनामा परी धनगढीमा एक युवकको मृत्यु भएको छ ।
गोदावरी नगरपालिकां- १ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल शनिवार राती सवा एक बजेतिर ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुने धनगढी उपमहानगरपालिका- २ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापा भएको प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
बाहोराकाअनुसार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा थापाको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । घाएतेको पद्मा अस्पतालमा अत्तरियामा उपचार भइरहेको छ ।
ट्रक चालक बझाङ वित्थडचिर गाउँपालिका -२ का भरत बोहोरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।