
काठमाण्डू, १५ भदौ- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समिति बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाने निर्णय गरेको हो ।
अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६३ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ५४ रुपैयां पर्नेछ ।
आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।