पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा रहेका १३ सयभन्दा बढी नेपालीको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १० गते १६:१८ मा प्रकाशित

काठमाण्डु, १० भदौ– पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले मृत्यु भएको छ ।

गत आर्थिक वर्ष ०८०–०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन । मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख गरीएको छ ।

विभिन्न रोग लागेर २६१ जना नेपालीको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरीएको छ । त्यसपछि आत्महत्या १९२, प्राकृतिक मृत्यु १९१, हृदयाघात १२०, सवारी दुर्घटनामा परेर १०३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकमा उल्लेख गरीएको छ ।

त्यस्तै ७ जनाको हत्या भएको छ । ५४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ६० जनाको बिरामी भएर मृत्यु भएको छ । ६९ जनाको मृत्युको कारण थाहा नभएको, ४ जनाको कार्यस्थलमा दुर्घटना भएर, ६३ जनाको अन्य कारणले मृत्यु भएको उक्त तथ्याङ्कमा उल्लेख गरीएको छ ।

त्यस्तै ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ । ७ जनाको मृगौलाको रोग लागेर, ७ जनाको कोभिड–१९ का कारण, ७९ जना कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us