गौशालाबाट नक्कली नोट र खैरो हेरोइनसहित ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ १० गते १४:३७ मा प्रकाशित

काठमाण्डु, १० भदौ– प्रहरीले काठमाण्डुको गौशालाबाट नेपाली नक्कली रुपैयाँ र खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–५ घर भएका ३० वर्षीय एराजुल हक, इलामको फाफोकथुङ–३ घर भएका ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सुर्योदय नगरपालिका घर भएका ४७ वर्षका बोधचन्द्र नामचुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट ५ सय र १ हजार दरको १ लाख ९५ हजार ५ सय नक्कली रुपैयाँ र ७ दशमलव ८१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

काठमाण्डु महानगरपालिका–९ बस्ने एराजुल हकलाई पक्राउ गर्दा उनको साथबाट नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । उनको डेरा चेकजाँच गर्दा थप दुईजना लागु औषधसहित पक्राउ परेका हुन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us