सेयर बजारमा उच्च अंकको गिरावट, साताको कारोबारको पहिलो दिन ७९.८८ अंकले घट्यो

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उच्च अंकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २ हजार ८९४.५७ को बिन्दुमा झरेको हो ।

यसअघि कारोबारको अन्तिम दिन बिहीबार नेप्से ६.०१ अंकले बढेर बन्द भएको थियो । यस्तै सो दिन नेप्से २९७४.४६ विन्दुमा पुगेको छ । आइतबार ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यस दिन अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । माइक्रो फाइनान्सबाहेक सबै उपसूचक राताम्मे भएको हो । त्यसमा पनि बैंकिङ क्षेत्रको सेयर सबैभन्दा बढी ३.५० प्रतिशतले घटेको छ ।

यस्तै सेयर बजारमा तीव्र गिरावटका बीच तीन वटा कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । जसअुनसार विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो ।

यस्तै मन्दकिनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । कारोबारको हिसाबले अपिपावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भयो भने त्यसपछि हिमालन रिइन्स्योरेन्सको कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us